जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले दोब्बर मतको अग्रता लिएका छन्।
कांग्रेसबाट विद्रोह गरेका साहले ३२९ मत ल्याएका छन्।
नगर प्रमुखमा घण्टाघर चुनाव चिह्न लिएर उठेका उनलाई पछ्याइरहेका एमालेका शिवशंकर साह हिरा’ले १२५ मत ल्याएका छन्। यी दुईको मतान्तर २०४ मतको छ।
तर यहाँ निवर्तमान मेयर एवम् जनता समाजवादी पार्टीका नेता लालकिशोर साह पाँचौँ स्थानमा खुम्चिएका छन्।
उप मेयरमा नेपाली कांग्रेस ३८६, एमाले १४९, लोसपा ७६ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ७२ मत ल्याएका छन्।
549
Shares
प्रतिक्रिया