बुटवल उपमहानगरपालिका वडा नं १ को वडाध्यक्षमा नरेन्द्र बस्नेत विजयी भएका छन्।
केही बेरअघि सम्पन्न मतगणनाको नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बस्नेतले ६३६ मत पाएका हुन्।
एमालेका महेन्द्र लिगलले ५५१ मत ल्याए। उनी २०७४ को चुनावमा कांग्रेसबाट चुनाव लडेका थिए।
यसपटक टिकट नपाएपछि बागी उठेका हुन्। वडा सदस्यमा भने चारै जना कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
२०५४ सालमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष बनेका थिए। त्यसबेला पनि उनी कांग्रेसको बागी उम्मेदवार बनेका थिए।
विजयी घोषणा नहुँदै बुटवलको निर्वाचन अधिकृतको कार्यालय बाहिर बस्नेतको चुनाव चिन्ह पुतली र कांग्रेसको झण्डा सहितको जुलुस निस्किएको छ।
यता मेयरमा कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन्।
195
Shares
प्रतिक्रिया