पाल्पाको रामपुरमा नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण भएको छ।
कांग्रेस रामपुर नगरसमितिले नेकपा (एमाले) का कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ।
आइतबार विज्ञप्ति जारी गरी कांग्रेसले रामपुर नगरपालिका कुमालटारस्थित बस्तीमा प्रचार प्रसार गरिरहेका कांग्रेस कार्यकर्तामाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जनाएको छ।
कांग्रेसले यस्ता घटना पुनः नदोहोर्याउन चेतावनी दिँदै स्वतन्त्र रुपमा चुनाव प्रचार प्रसार गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ।
बैशाख १८, २०७९, आइतबार
प्रतिक्रिया