माइक्रोसफ्टले भिडिओ कल सेवा दिँदै आएको स्काइप बन्द गर्ने भएको छ।
आगामी मेदेखि दसौँ लाख प्रयोगकर्ता भएको स्काइप बन्द हुने भएको हो।
कुनै बेला यो विश्वकै प्रसिद्ध वेबसाइट रहेको थियो भने प्रयोगकर्तालाई आफ्नो कम्प्युटरमा कल सेवा उपलब्ध गराउँथ्यो।
यस्तो सेवा दिने धेरै भए पनि स्काइपले कम्प्युटरबाट कम्प्युटरमा निःशुल्क सेवा दिने गरेको थियो।
स्काइपले एक्स एकाउन्टमार्फत आफ्नो च्याट र कन्ट्याक्ट सेभ गर्न माइक्रोसफ्ट टिम्समा साइन इन गर्नसक्ने जनाएको छ।
स्काइप सन् २००३ मा पहिलोपटक सार्वजनिक भएको थियो भने सन् २०११ मा कम्पनीले साढे ८ अर्ब डलरमा खरिद गरेको थियो। माइक्रोसफ्टले यसलाई एक्सबक्स र विन्डोज डिभाइसहरुजस्ता अन्य प्रडक्टमा एकीकृत गरेको थियो। बीबीसीबाट
39
Shares

प्रतिक्रिया