कारोबार


नबिलले पायो दुईवटा व्यावसायिक अवार्ड

नबिलले पायो दुईवटा व्यावसायिक अवार्ड

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १८:३९, काठमाडौँ

नबिल बैंकले दुईवटा अवार्ड जितेको छ। 

बैंकले ‘एक्सिलेनस इन कन्जुमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ–कमर्स अक्वाइरिङ बिजनेस २०२२’ अवार्ड हात पारेको हो। 

डेबिट कार्ड र इकमर्स व्यवसायमा राम्रो अभिवृद्धि गरेका कारण बैंकले उक्त अवार्ड पाएको जनाएको छ। 

उक्त अवार्ड बुधबार काठमाडौंमा भिसा इन्टरनेशनलले गरेको ‘भिसा लिडरसिप कन्क्लेभ– पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा हस्तान्तरण गरिएको थियो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक पहिलो डिजिटल बैंक भएको बताउँदै त्यसका लागि अवार्ड पाएकामा प्रसन्नता व्यक्त गरे। 

उनले डिजिटल सोलुसनको प्रवर्द्धनमा बैंकले लगानी गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .