कारोबार


दुई युवाको पौरख : झापामा ‘बेकरिज द केक सप’, काठमाडौंमा आउटलेट

दुई युवाको पौरख : झापामा ‘बेकरिज द केक सप’, काठमाडौंमा आउटलेट

नेपालखबर
भदौ १ , काठमाडौँ

झापाको बिर्तामोडमा सञ्चालनमा रहेको ‘बेकरिज द केक सप’को उद्योग र आउटलेट काठमाडौंमा पनि खुलेको छ । 

युवा उद्यमीहरुको लगानीमा काठमाडौंमा खुलेको उक्त उद्योग र आउटलेटमा ५० लाखको हाराहारीमा लगानी गरिएको छ ।

यो सप युवा व्यवसायीद्वय दिपेन्द्र राउत र सञ्जय महासेठले सञ्चालनमा ल्याएका हुन् । काठमाडौंको शंखमूलमा खोलिएको उक्त सपको उदघाटन गायक प्रमोद खरेलले गरेका छन् । 

‘फ्रेन्चाइज’ अवधारणामा सञ्चालनमा ल्याइने ‘बेकरिज द केक सप’को यो पहिलो आउटलेट हो । आउटलेटसँगै स्थापना गरिएको उद्योगमा उत्पादित सामग्रीहरु अन्य आउटलेटमा उपलब्ध गराउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । 

हाल काठमाडौं उपत्यकाका मुख्य चहलपहल भएका विभिन्न स्थानमा खोलिने आउटलेटलाई पुग्ने क्षमताका आधुनिक मेसिनहरुद्वारा केकजन्य सामग्री उत्पादन गरिने सञ्चालक राउतले बताए । पछिल्लो समय बर्थ डे, म्यारिज एनिभर्सरीलगायत सबै अवसरहरुमा केकको प्रयोग बढ्दै गएको छ । 

यस्तो अवस्थामा गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पु¥याउने अवधारणबाट यो केक सपको स्थापना गरिएको छ । 

‘नेपालमा केकको वास्तविक स्ट्यान्डर्डराइजेसनको पहिचान हामी दिँदै छौँ’, सपका अर्का सञ्चालक सञ्जय महासेठले भने, ‘हामीले उत्पादन गर्ने केकको ब्राण्डलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ)बाट प्रमाणित गर्दै छौँ ।’ 

यस्तो गुणस्तरीय ब्रान्डेड केकलाई काठमाडौं उपत्यकाभित्र अर्डर भएको एक घण्टामै डेलिभरिको व्यवस्था समेत मिलाइएको सञ्चालक महासेठले जानकारी दिए । केक प्रयोगको क्षेत्र र डिजिटल माध्यम प्रयोगको क्षेत्रमा ठूलो ग्याप उनले बताए । 

यो दुई क्षेत्रको देखिएको लामो ग्यापलाई शून्य पार्ने गरी केक अर्डरमा आफूहरुले भरपूर डिजिटल प्रविधि प्रयोगमा ल्याइएको सञ्चालक महासेठले जानकारी दिए ।

काठमाडौंमा तत्कालै २० वटा आउटलेट स्थापना गर्ने र त्यसलगत्तै पोखरा, नेपालगञ्ज र हेटौंडामा सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक महासेठले सुनाए । यो सपले ‘वि सेलेब्रेट युयोर ह्याप्पिनेस’ स्लोगन तय गरेर सेवा सुरु गरेको हो । ‘वेकरिज द केक सप’मा बेकरीसम्बन्धी सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । 

यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ । उक्त सपमा ‘टिकटक’प्रेमीहरुलाई लक्षित गरी फोटो तथा भिडियो सुटिङको लागि उत्कृष्ट डेकोरेसनको समेत व्यवस्था गरिदिएको छ । 

‘बेकरिज द केक सप’ले कफी बनाउने (बारिस्टा) को तालिम समेत चाँडै थाल्ने जनाएको छ । बारिष्टा कफी स्कुलमा भने विदेश जाने तथा स्वदेशमै स्वरोजगार बन्न कफी तालिम लिन चाहनेहरुका लागि लक्षित हुनेछ । बेसिक १५ दिने र एडभान्स ३५ दिने कफी बनाउने तालिम उपलब्ध गराउने सञ्चालक राउतले जानकारी दिए ।

भदौ १, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.