कारोबार


प्रभु क्यापिटलका ग्राहकलाई एक्सप्रेस इट्समा सेवा लिँदा १० प्रतिशत छुट

प्रभु क्यापिटलका ग्राहकलाई एक्सप्रेस इट्समा सेवा लिँदा १० प्रतिशत छुट

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १८:५३, काठमाडौँ

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ। प्रभु क्यापिटल र एक्सप्रेस इट्सबीच सेवामा छुट दिने सम्झौता भएको हो। 

योजनाअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिदा १० प्रतिशत छट पाउने कम्पनीले जनाएको छ। 

यो योजनाबाट लाभ लिन ग्राहकले चेकआउट वा बिल पेमेन्ट गर्दा प्रोमो कोडमा ‘प्रभुक्याप१०’ उल्लेख गर्नुपर्नेछ। 

यसैगरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफरअन्र्तगत रोडहाउसपिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्। 

यो योजनाबाट लाभ लिन हितग्राहीले चेकआउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ। 

हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .