रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन्।
आइतबार काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो।
एकीकृत कारोबार कार्यक्रमा बोल्दै विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाइमा पुर्याउने बताए। उनले जलविद्युतको विकास गरी उचाइमा पुर्याउन निजी क्षेत्र अगाडि रहेको बताए।
अध्यक्ष सिंहले देशमा भएको जलविद्युतको स्रोतलाई प्रयोग गरे मात्रै नेपालको श्रीवृद्धि हुने बताए।
उनले विद्युत नियमन आयोगलाई जलविद्युत कम्पनीहरुलाई कर छुट दिने अधिकार नभएको बताए। अध्यक्ष सिंहले विद्युत नियमन आयोगले विद्युत निर्माणमा सहुलियत प्रदान गर्ने कुरामा सहयोग गर्नसक्ने बताए।
अध्यक्ष सिंहले कुनै स्वार्थमा नलागि काम गर्ने हो भने जलविद्युत क्षेत्रको विकास गर्न सकिने बताए। उनले दुईवटा विद्युत कम्पनी मिलेर ठूलो आयोजनाहरु बनाउनसक्ने बताए।
Shares
प्रतिक्रिया