कारोबार


ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापनको अनुमति

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापनको अनुमति

नेपालखबर
साउन २६, २०७९ बिहिबार १५:३८, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फन्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ। 

बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम उक्त कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्न अनुमति दिएको हो। 

उक्त कम्पनीलाई अनुमतिपत्र प्रदान गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले कम्पनीको सफलताको शुभकामना व्यक्त गरे।  

उनले कम्पनीका सम्बद्ध पक्षलाई व्यावसायिक र सुशासित रुपमा कार्य सञ्चालन गर्न निर्देशन समेत दिएको बोर्डले जनाएको छ।

नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसायहरु सुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड, हेज फण्ड जस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्नेछ। 

बोर्डबाट अनुमतिपत्र प्रदान भएसँगै विशिष्टीकृत कोष व्यवस्थापकको कार्य सञ्चालन गर्ने बाटो खुलेको छ भने बजारको थप विकास तथा विस्तार हुने बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .