कारोबार


सेयरबजारमा साढे ४ अर्बको कारोबार, ११५ कम्पनीका लगानीकर्ताले गुमाए

सेयरबजारमा साढे ४ अर्बको कारोबार, ११५ कम्पनीका लगानीकर्ताले गुमाए

नेपालखबर
साउन १६, २०७९ सोमबार १५:१६, काठमाडौँ

सेयरबजारमा आज ४ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २ सय १७ कम्पनीको १ करोड ५ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। 

दिनभरिमा ६७ हजार २०५ पटक किनबेच भएको थियो। 

बजार परिसूचक नेप्से सोमबार १.१५ अंकले र सेन्सिटिभ सूचक १.९४ अंकले बढेको छ। 

योसँगै नेप्से २१९६.२५ विन्दुमा पुगेको छ। आज ११ बजे बजार खुल्नासाथ ओरालो लागेको सूचक १ बज्नुअगाडि २२२३.५१ विन्दुसम्म माथि पुगे पनि त्यसपछि क्रमशः घटेको थियो। 

आज १३ मध्ये वाणिज्य बैंक, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको सूचक मात्रै हरियो रहे। बाँकी समूहका सूचक राताम्य रहेका छन्। 

झिनो अंकले हरियो देखिएको बजारमा आज ५८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटाको घटेको र ६ वटाको उही मूल्य कायम छ। 

आज लगानीकर्ताले ६.७५ प्रतिशतसम्म मात्र कमाएका छन्। यसरी कमाउनेमा बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फन्ड२, गुडविल फाइनान्स, दोर्दी खोला जलविद्युत्, हाइड्रोइलेक्ट्रिसिटी कम्पनीका लगानीकर्ता छन्। उनीहरुले क्रमशः ६.९५ प्रतिशत, ६.४५, ६.२३, ५.५७ र ५.०७ प्रतिशत आम्दानी गरेका छन्। 

लगानीकर्ताले सोमबार ५.२१ प्रतिशतसम्म गुमाउनुपरेको छ। स्वाभिमान लघुवित्तका सेयरधनीले उक्त दरले गुमाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ४.७१ प्रतिशत, सूर्योदय वोमी लघुवित्तका सेयरधनीले ४.०९ प्रतिशत, १०.३५ प्रतिशत एग्रिकल्चर बैंक डिबेन्चर २०८३ का लगानीकर्ताले ३.९६ प्रतिशत र वीन लघुवित्तका सेयरधनीले ३.७८ प्रतिशत गुमाएका छन्। 

सर्वाधिक कारोबारमा भने शिवम् सिमेन्ट नै अगाडि छ। कम्पनीको ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको १६ करोडको, हाइड्रोइलेक्ट्रिसिटीको १३ करोडको, अपि पावर कम्पनीको १२ करोडको सेयर कारोबार भएको छ।

आज एचआईडीसीएलको सर्वाधिक ५ लाख ८६ हजार २ सय ४८ कित्ता सेयर बिक्री भएको छ। अपिको ४ लाख ६५ हजार कित्ता सेयर बिक्री भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .