सुन र चाँदी दुवैको मूल्य घटेको छ।
शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
अघिल्लो दिन सुन १ लाख ५१ हजार ९ सय र चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा २ हजार ४९३ र चाँदी २९.२६ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
123
Shares
प्रतिक्रिया