कारोबार


सुन फेरि १ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति?

सुन फेरि १ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति?

नेपालखबर
पुस ४, २०८० बुधबार ११:३५, काठमाडौँ

सुनको मूल्य बुधबार तोलामा १ हजार रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १९ हजार र तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

अघिल्लो दिन दुवै सुनको मूल्य क्रमशः १ लाख १८ हजार र १ लाख १७ हजार ४ सय ५० रुपैयाँ थियो। 

यता चाँदी पनि आज तोलामा १५ रुपैयाँ महंगो भएको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ। 

उता अन्तर्राष्ट्रिय बजारमा भने सुन आज केही घटेर प्रतिऔँस २ हजार ४१ अमेरिकी डलरमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .