अभिनेत्री सनिषा भट्टराई फेवा फुड्स ब्रान्डको ब्रान्डदूत बनेकी छिन्।
अस्ट्रेलियामा रहेका नेपालीहरुबीच प्रसिद्ध उक्त ब्रान्डले सनिषालाई ब्रान्डदूत नियुक्त गरेको हो।
यसले कम्पनीका उत्पादनहरुलाई अझ फैलाउन मद्दत गर्ने र यसबाट नेपाली स्वादको प्रवर्द्धन हुने फेवा फुड्सले उल्लेख गरेको छ। सनिषा ब्रान्डसँग जोडिनु महत्त्वपूर्ण रहेको फेवा फुड्सले जनाएको छ।
अभिनेत्री सनिषाले पनि फेवा फुड्ससँग जोडिन पाउँदा खुसी लागेको बताइन्। यसले नेपाली स्वाद र संस्कृतिको अभिवृद्धिमा योगदान पुग्ने उनको भनाइ छ।
201
Shares

प्रतिक्रिया