ad ad

कारोबार


यथास्थितिमा गाडी नचलाउने बरु सरकारलाई नै चाबी बुझाउने व्यवसायीको घोषणा

यथास्थितिमा गाडी नचलाउने बरु सरकारलाई नै चाबी बुझाउने व्यवसायीको घोषणा

नेपालखबर
असार २६, २०७७ शुक्रबार १०:१,

सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने घोषणा गरेको छ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ। महासंघले पाँच बुँदे माग अघि सार्दै ति माग पुरा नभए सरकारलाई नै चाबी बुझाउने बताएको छ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले हचुवाका भरमा यातायात सञ्चालन नगर्ने बरु सरकारलाई चाबी बुझाउने घोषण गरे।

महासंघले सार्वजनिक यातायात साधनहरुमा विश्व स्वास्थ्य संगठनले मापदण्डअनुसारको व्यवस्था गरिदिनुपर्ने, यातायात मजदुर तथा आम यात्रुहरुको स्वास्थ्यको पूर्ण व्यवस्थासहित हस्पिटालिटीको व्यवस्था हुनुपर्ने, २०७७ आश्विन मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, बन्दाबन्दी अवधिको कर छुटका साथै एक वर्षसम्म जरिवाना नलाग्नेगरी म्याद थप हुनुपर्ने लगायतका माग राखेको छ।

सरकारले तोके बमोजिम विभिन्न सवारी साधनको सिट मापदण्ड बमोजिम यात्रु राखी सञ्चालन गर्न नसकिने पनि महासंघले जनाएको छ।

सरकारले सावधानी अपनाएर आजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .