कारोबार


ब्ल्याक डेकरका जुसर र ब्लेन्डर बजारमा

ब्ल्याक डेकरका जुसर र ब्लेन्डर बजारमा

नेपालखबर
जेठ १०, २०८३ आइतबार १७:३८, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ब्ल्याक+डेकर ब्रान्डले जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको छ।

ग्राहकको दैनिक आवश्यकतालाई सहज र छिटो बनाउन ब्ल्याक+डेकरले यी प्रिमियम उपकरणहरू डिजाइन गरेको जनाइएको छ। 

यी उपकरणबाट समयको बचत र सहज जुस तयार गर्न सकिने कम्पनीले जनाएको छ। यस प्रिमियम जुसरमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ। यसमा रहेको ७५ एमएमको ठूलो फिडिङ ट्युबले गर्दा फलफूललाई स-साना टुक्रा नपारी सिङ्गै राखेर जुस निकाल्न मिल्छ, जसले भान्साको काम निकै छिटो र सहज बनाउँछ।

त्यसैगरी यो एक्टिभ लाइफस्टाइलका लागि उपयोगी छ।  ३०० वाटको यो पर्सनल स्पोर्ट्स ब्लेन्डर विशेष गरी फिटनेस रुचाउने र व्यस्त जीवनशैली हुनेहरूका लागि हो। यसमा रहेको ५०० एमएलको ट्राइटन बोटलमै  स्मुदी बनाएर सिधै अफिस वा जिम लैजान सकिन्छ।

परिवारका लागि त यो निकै उपयोगी रहेको कम्पनीको दाबी छ। ७०० वाटको हाई-स्पिड मोटर र १.७ लिटरको सुरक्षित ग्लास जार भएको यो ब्लेन्डरले एकैपटकमा पूरै परिवारका लागि चिसो पेय तयार गर्छ।

सीजी इलेक्ट्रोनिक्सले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल  र एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइनमार्फत यी उपकरणहरू सुलभ तरिकाले उपलब्ध गराएको छ।

ब्ल्याक+डेकरका यी उत्पादनहरूमा २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टी रहेको छ। सीजी इलेक्ट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्कले बिक्रीपछिको सेवा समेत सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad