क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा स्थापित कम्पनी टौरियन एमपीएस लिमिटेडले आरबीजी इन्टरनेशनल प्रालिलाई नेपालका लागि आफ्नो आधिकारिक डिलर नियुक्त गरेको छ।
उक्त साझेदारी होटल बराही प्लाजा, काठमाडौंमा आयोजित एक औपचारिक समारोहमार्फत सम्पन्न गरिएको हो। यसमा टौरियनका तर्फबाट आनन्द मोहन (ग्लोबल सेल्स डाइरेक्टर) तथा टार्सेम पठानिया (उपाध्यक्ष – अन्तर्राष्ट्रिय बिक्री) को उपस्थिति रहेको थियो।
आरबीजी इन्टरनेशनलको तर्फबाट अध्यक्ष बलराम उपाध्याय, निर्देशक रविरञ्जन कुमार तथा निर्देशक श्यामलाल झाको उपस्थिति थियो। यसले यस साझेदारीप्रति कम्पनीको उच्चस्तरीय प्रतिबद्धता झल्काउने बताइएको छ।
सन् २००५ मा स्थापित टौरियन एमपीएसले इन्जिनियरिङ उत्कृष्टता, उच्च कार्यसम्पादन तथा ग्राहककेन्द्रित समाधानमार्फत बलियो प्रतिष्ठा निर्माण गरेको छ। कम्पनीको उपस्थिति हाल उत्तर अमेरिका, रसिया, मध्यपूर्व लगायत विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार भइरहेको छ।
नेपालमा यो नियुक्ति उच्च सम्भावना भएका बजारहरूमा आफ्नो उपस्थिति सुदृढ गर्ने रणनीतिक कदमका रूपमा लिइएको छ।
आरबीजी सन् २०१९ मा स्थापना भएको कम्पनी हो, जसले नेपालभर एडमिक्स्चर केमिकल, निर्माण उपकरण, आरएमसी एक्सेसरिज तथा वाटरप्रुफिङ समाधानहरूमा सक्रिय रूपमा कार्य गर्दै आएको छ।
Shares

प्रतिक्रिया