कारोबार


सेन्सेइले ल्यायो नयाँ वर्ष अफर

ग्राहकलाइ पक्का उपहार तथा क्यासब्याकसहित  हिरो स्प्लेन्डर प्लस चढाउने
सेन्सेइले ल्यायो नयाँ वर्ष अफर

नेपालखबर
चैत २२, २०८२ आइतबार १४:४८, काठमाडौँ

सेन्सई ब्रान्डले “सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ” उपभोक्ता योजना सार्वजनिक गरेको छ। 

दैनिक जीवनलाई सहज र आधुनिक बनाउने घरायसी उपकरणसँगै उपभोक्तालाई उत्साहजनक लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत सेन्सेइका विभिन्न होम एप्लाएन्सेज खरिद गर्दा ग्राहकहरूले २८ हजार ७०० रुपैयाँसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, उत्पादनअनुसार निश्चित उपहारको पनि व्यवस्था गरिएको छ। फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल तथा सेमिअटोमेटिक वासिङ मेसिन खरिदमा १ केजी एरियल भने एयर कन्डिसनर खरिदमा फ्रि इन्स्टलेसन सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई थप सहजता प्रदान गर्नेछ।

अभियानको मुख्य आकर्षणका रूपमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल बम्पर उपहार राखिएको छ। ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि लकी ड्रमा सहभागी हुन सक्नेछन्, जसबाट भाग्यशाली एक जनाले उक्त मोटरसाइकल जित्ने अवसर प्राप्त गर्नेछन्।

सेन्सेइ, चौधरी समूहअन्तर्गतको ब्रान्ड हो, जसले नेपाली बजारमा रेफ्रिजेरेटर, एसी, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर, एलईडी टिभी लगायतका विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। जापानी प्रविधिमा आधारित डिजाइन, टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइ ले छोटो समयमै उपभोक्तामाझ विश्वासिलो ब्रान्डको रूपमा आफ्नो स्थान बनाएको छ।

नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध सेन्सेइ ब्रान्डले आफ्ना शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत सहज पहुँच सुनिश्चित गर्दै आएको छ। नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले उपभोक्तालाई भरपर्दो र लाभदायक खरिद अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

ग्राहकहरूले नजिकैको अधिकृत डिलर वा शोरूमबाट सेन्सेइ का उत्पादन खरिद गरी क्यासब्याक, निश्चित उपहार तथा क्यूआर कोड स्क्यानमार्फत यस योजनामा सहभागी भई बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्। सर्तहरू लागू हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad