कारोबार


ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी सार्वजनिक हुँदै, प्रि-अर्डर सुरु

ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी सार्वजनिक हुँदै, प्रि-अर्डर सुरु

नेपालखबर
चैत २२, २०८२ आइतबार १४:२७, काठमाडौँ

सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीको प्रि-अर्डर खुला गरेको छ।

यी डिभाईसहरुमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको छ। व्यावसायिक, विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि, नयाँ ग्यालेक्सी ए सिरिजलाई दैनिक कामहरू अझ सहज रूपमा गर्न डिजाइन गरिएको हो। ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी को प्रि-अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहनेछ।

सामसङ नेपालका एमएक्स बिजनेसतर्फका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले एआईलाई सबै प्रयोगकर्तासम्म पुर्‍याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताए। सामसङको मुख्य क्षमतासँग ‘अविसम इन्टेलिजेन्स’ थपिएपछि ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी ले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन दिने उनको भनाइ छ। साथै, २४ महिनासम्मको ईएमआई सुविधा समेत यसमा छ। 

मुख्य विशेषताहरूमा वान यूआई ८.५ द्वारा संचालित अविसम इन्टेलिजेन्स, भ्वाइस ट्रान्सक्रिप्सन, एआई सेलेक्ट, अबजेक्ट इरेजर, फिल्टर्स र एडिट सजेसन जस्ता टुलहरू रहेका छन्। ग्यालेक्सी ए५७ ५जी मा बेस्ट फेस र अटो ट्रिम जस्ता विशेषता पनि छन्।
गुगलको सर्कल टु सर्च अब मल्टिअब्जेक्ट रिकग्निसनसहित उपलब्ध फोनलाई अपग्रेड गरिएको बिक्सबी र जेमिनीले अझ प्राकृतिक संवाद सम्भव बनाउने कम्पनीले जनाएको छ।

दुवै फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप छ। नाइटोग्राफी र सुधारिएको आईएसपीका कारण कम प्रकाशमा पनि स्पष्ट फोटो र भिडियो लिन सकिन्छ।

ग्यालेक्सी ए५७ ५जी मा अझ राम्रो इमेज प्रसेसिङ, छिटो शटर स्पिड र उच्च डिटेल पाइन्छ।

स्लिम बेजेल र आधुनिक डिजाइनसहित यी फोनहरू उपलब्ध छन्। ग्यालेक्सी ए५७ ५जी ६.९ एमएम पातलो र हल्का छ। ५००० एमएएच ब्याट्रीले दुई दिनसम्म प्रयोग गर्न सकिन्छ।

सुपर अमोलेड डिस्प्ले र भिजन बुस्टरले उत्कृष्ट भिजुअल अनुभव दिन्छ। आईपी ६८ वाटर र डस्ट रिजिस्टेन्ससहित, यी फोनहरू दैनिक प्रयोगका लागि टिकाउ छन्।

६ वर्षसम्मको सुरक्षा अपडेट र OS अपग्रेड उपलब्ध छन्। नक्स भल्ट, सेक्युरिटी ड्यासबोर्ड, प्राइभेट सेयरिङ, थेप्ट प्रोटेक्सन लगायतका सुविधा समावेश छन्।

यी फोनमा प्रि-अर्डर अप्रिल ५ देखि आधिकारिक वेबसाइटमार्फत सुरु भएको छ। सीमित समयका लागि विशेष अफरहरू पनि उपलब्ध छन्।

कम्पनीका अनुसार ग्यालेक्सी ए५७ ५जी १२ जीबी/२५६ जीबीको ८९ हजार ९ सय ९९ र ८ जीबी/२५६ जीबीको ८४ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।  त्यसैगरी ग्यालेक्सी ए३७ ५जी १२जीबी/२५६ जीबीको ७९ हजार ९ सय ९९, ८ जीबी/२५६ जीबीको ७२ हजार ९ सय ९९ र ८ जीबी/१२८ जीबीको ६४ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले उल्लेख छ। प्रि-अर्डर अफरहरूमा ए५७ फाइभजी (१२ जीबी) मा ४ हजार रुपैयाँबराबरको मेमोरी अपग्रेड, ए३७ फाइभजीमा २५ सय रुपैयाँबराबरको मेमोरी अपग्रेड रहेको छ भने २४ महिनासम्म १७ सय ६४ रुपैयाँ प्रतिमहिनादेखि सुरु हुने गरी ईएमआईमा समेत खरिद गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad