लुम्बिनीका याशिर मसुद बिरयानी दरबारका सहसञ्चालक हुन्। उनले लुम्बिनीको विकासपथ नेपालगन्ज रोडमा ३५ लाख लगानीमा दरबार बिरयानी सञ्चालनमा ल्याएका छन्।
बुटवल लुम्बिनी वाणिज्य कलेजमा बीबीएम गरिरहेका मसुद विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै पढ्दापढ्दैै बिजनेस सुरु गर्नुपर्ने बताउँछन्।
उनले स्नातक गर्दै गर्दा बिरयानी दरबार सुरु गरेका हुन्। रैथाने स्वादलाई व्यावसायकितामा ढाल्दै बिरयानीका पारखीहरुलाई विभिन्न स्वाद पस्किरहेका उनी उद्यमशीलताको एक मात्र सारथि नबिल बैंकको एसएसई सर्टिफिकेसन कार्यक्रम बनेको बताउँछन्।
मात्र २३ वर्षका उनी नबिलको एसएसई सर्टिफिकेट कोर्सअन्तर्गतको पाँचौँ उद्यमशीलता कार्यक्रमबाट आफू उद्यमी बन्न सफल भएको बताउँछन्। व्यावसायिक साझेदार डानिस अलीसँग मिलेर मसुदले करिब ३२ लाख लगानीसहित दरबार बिरयानी सञ्चालन गरिरहेका हुन्।
हाल उनीहरुको व्यवसायले १० जनालाई रोजगारी दिएको छ।

मसुदले नबिल बैंकले सञ्चालन गरेको नबिल एसएसई सर्टिफिकेट कोर्सअन्तर्गत उद्यमशीलताको तालिम लिएका छन्।
‘नबिल बैंकको तालिममा सहभागी भएपछि नै हो– मलाई बिजनेस कसरी गर्ने भन्ने थाहा भएको’, उनले भने, ‘तालिमले मेरो बिजेनसमा अर्काे अध्याय थपेको छ।’
उनी व्यवसाय गर्नु र व्यावसायिक बन्नुमा भिन्नता रहेको तालिमबाटै सिकेको बताउँछन्।
मसुदसँगै अन्य १६ जनाले पनि उक्त कार्यक्रममा सहभागिता जनाएका थिए। जसमध्ये केहीले नयाँ व्यवसाय नै सुरु गरिसकेका छन् भने केही व्यावसायिक योजना बनाउँदै छन्। मसुद भने सुरु गरिसकेको व्यवसायलाई पनि कार्यक्रमले सञ्चालनमा सजिलो बनाएको बताउँछन्।
‘रिस्क–टेकिङ, फाइनान्स म्यानेजमेन्टसहित विज्ञहरुबाट व्यवसाय सञ्चालनमा सहयोग मिल्यो’, उनले भने।
नबिल बैंकद्वारा सञ्चालित यो कार्यक्रम लुम्बिनीसहितका सातवटै प्रदेशमा सञ्चालन भइरहेको छ।

बैंकले सातवटै प्रदेशमा विभिन्न शैक्षिक संस्थाहरुसँगको सहकार्यमा उक्त कोर्स सञ्चालन गर्दै आएको छ।
मसुद लुम्बिनीको क्षितिज इन्टरनेशनल कलेजबाटबाट नबिल एसएसई सर्टिफिकेट कोर्सका पाँचौँ ब्याचका प्रशिक्षार्थी हुन्। उनीसँगै सो ब्याचमा १६ जना विद्यार्थीहरुले सोचदेखि उद्यमसम्मको यात्रा तय गर्नेबारे तालिम लिएका थिए।
मसुद सुरुमा आफूले बिरयानीको मागअनुसार मात्रै सोचेर व्यवसाय थालेको बताउँछन्। तर अब ग्राहकको स्वादलाई पनि विभिन्न परिकारमा पस्केर व्यवसायलाई थप विस्तार गर्ने सोचमा पुगेको सुनाउँछन्।
‘सुरुमा बिरयानीको रैथाने स्वादलाई बेचौँ भनेर सुरु गरेको थिएँ’, उनले थपे, ‘अहिले रैथाने स्वादलाई नै व्यवसायीकरणसँगै विस्तार गर्दै व्यवस्थापन कसरी गर्नेजस्ता कुराहरु सिकेको छु।’
मसुदलाई उनको व्यावसायिक सोचलाई तालिमले ‘कसी’ लगाइदिएझैँ लाग्छ। ‘तालिम पछि म अझ बलियो भएको महसुस गर्दै छु’, उनले सुनाए।

के हो नबिल सर्टिफिकेसन कार्यक्रम?
मसुदले लिएको एसएसई सर्टिफिकेसन नबिल स्कुल अफ आन्ट्रप्रेनर्सिपअन्तर्गत पर्छ। नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत मुलुकभर उद्यमशीलता विकासका लागि यस कार्यक्रम विगत चार वर्षदेखि सञ्चालन गरिरहेको छ।
यो कार्यक्रम सातै प्रदेशमा सञ्चालनमा छ भने यसबाट १ हजार ६९ जनाले तालिम पाएका छन्। त्यस्तै १३१ जनाले व्यवसाय पनि सुरु गरेका छन्। यसबाट सातै प्रदेशमा २६ सय बढी रोजगारी सिर्जना भएको बैंकले जनाएको छ।
नबिलले विशेषगरी फेलोसिप र सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको हो। मसुद सर्टिफिकेट कोर्सबाट उद्यमी बनेका हुन्।
नवप्रवर्तनशील, दिगो र प्रभावमुखी समाधानमार्फत सामाजिक समस्याहरुको समाधान गर्दै उद्यमशीलताको विकासका लागि यो कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गरेको नबिल बैंकले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यवस्थापन संकाय र स्कुल अफ मेनेजमेन्टसँग सहकार्य गर्दै फेलोसिप कार्यक्रम सञ्चालन भइरहेको छ।
सर्टिफिकेट कोर्सका सहभागीले तीन महिना अवधिमा १४ दिनको प्रयोगात्मक तालिम लिने अवसर पाउनेछन्।

कसले पाउनेछन् तालिम लिन?
तालिममा १८ वर्षमाथिका जोसुकैले पनि आवेदन दिन सक्नेछन्। सामाजिक समस्या सुधार्ने र त्यसैलाई व्यवसाय बनाउन योजना भएका जो कोहीले आवेदन दिन सक्नेछन्।
कुन प्रदेशमा कहाँ पाइन्छ लिन?
यो सर्टिफिकेट कोर्स कार्यक्रम कोशी प्रदेशको महेन्द्र मोरङ क्याम्पसबाट प्रदान गरिँदै आएको छ भने मधेश प्रदेशमा वीरगन्ज पब्लिक क्याम्पस र मोनास्टिक सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बूढानीलकण्ठ स्कुलबाट प्रदान गरिँदै आएको छ।
यस्तै लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज दिव्यज्योति मल्टिपल क्याम्पस र कोहलपुर मोडल कलेजबाट दिइँदै आएको छ। कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज र सुदूरपश्चिम प्रदेशको सुदूरपश्चिमाञ्चल एकेडेमीबाट दिँदै आएको छ।
Shares

प्रतिक्रिया