कारोबार


केन्टका २९ जना डिलर आईसीसी टी–२० विश्वकप हेर्न मुम्बई प्रस्थान

केन्टका २९ जना डिलर आईसीसी टी–२० विश्वकप हेर्न मुम्बई प्रस्थान

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १२:१६, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्सअन्तर्गत पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ ले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै २९ जना डिलरहरुलाई मुम्बईको वानखेड़े स्टेडियममा नेपालको खेल हेर्न पठाएको छ।

डिलरहरुलाई ३ रात र ४ दिनको मुम्बई भ्रमण प्याकेज पनि उपलब्ध गराइएको छ । यसअन्तर्गत काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा भोजनको व्यवस्था गरिएको छ।

साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण (सिटी टुर) र वानखेडे स्टेडियममा हुने खेलका विशिष्ट टिकटसमेत समावेश गरिएको छ।

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि “मस्ट ट्रस्टेड ब्रान्ड” को रूपमा स्थापित छ।

अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad