कारोबार


चन्द्रागिरिमा महाशिवरात्रि विशेष भजन उत्सव, केबलकारमा साँझ साढे ४ पछि ५० प्रतिशत छुट

चन्द्रागिरिमा महाशिवरात्रि विशेष भजन उत्सव, केबलकारमा साँझ साढे ४ पछि ५० प्रतिशत छुट

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १३:४, काठमाडौँ

पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ।

आइतबार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुनेछ।

यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउसो २ देखि ५ बजेसम्म विशेष भजन प्रस्तुति हुनेछ। 

उत्तम बराल र जुपिटर पौडेलसहितको भजन समूहले प्रस्तुत गर्ने भजनमा सहभागी हुँदै भजन गर्ने तथा श्रवण गर्दै सहभागीहरूले आध्यात्मिक अनुभव लिन सक्नेछन्। साँझ शिवधुनीसँगै महाआरती ग्रहण गर्ने अवसर पनि प्राप्त हुनेछ।

महाआरती ग्रहण गर्न आउने भक्तजनहरूका लागि चन्द्रागिरि केबलकारले साँझ साढे ४ बजेपछि ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ। महाशिवरात्रि एवं महाआरतीमा सहभागी हुने भक्तजनहरूको सुविधा ध्यानमा राख्दै केबलकार पनि साँझ ८ बजे सम्म सञ्चालनमा रहने छ।

चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवको महिमा र धार्मिक–सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा श्रद्धालु भक्तजन र भजन संगीतप्रेमीहरूले महाशिवरात्रिको अलौकिक आनन्द लिन सक्नेछन्।

भजन संगीत र आध्यात्मिक ऊर्जासँग भालेश्वर महादेवको दर्शन गर्दै यस वर्षको महाशिवरात्रि विशेष बनाउन चन्द्रागिरि हिल्सले आग्रह पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad