सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले माघ १२ गते पदभार ग्रहण गरेका छन्।
सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको कात्तिक २४ को बैठकले उनलाई सीईओ नियुक्त गरेको थियो।
२१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पु¥याउँदै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनटी जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन्। साथै, शैक्षिक उपलब्धिहरुमध्ये एस.एल.सी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए।
प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उहाँले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन्।
उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन्। उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए। बैंकिङ्ग क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। यसका साथै, उहाँले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए।
प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उनको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया