कारोबार


सीजी इलेक्ट्रोनिक्सले सञ्चालनमा ल्यायो एलजी लन्ड्री लाउन्ज

सीजी इलेक्ट्रोनिक्सले सञ्चालनमा ल्यायो एलजी लन्ड्री लाउन्ज

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १२:३६, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्सले आफ्नो साझेदार क्लासी क्लिनसँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ।

लन्ड्री लाउन्ज भनेको एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो।
एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नविन अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। 

यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडलले पूर्ण व्यवसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई आकर्षित गर्दछ। यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई, आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ।

यस लन्ड्री लाउन्जको सञ्चालन सीजीका साझेदार क्लासी क्लिनले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ। एलजीका कमर्सियल लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग, र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन्। ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्छन्।

ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सेवा लिन सक्नेछन्। साथै, ड्रप अफ र पिक अप सुविधासमेत उपलब्ध छ। यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्धनिर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad