एनआईसी एसिया बैंकका ग्राहले धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट पाउने भएका छन्।
बैंक र रिसोर्टबीच छुट दिने सम्झौता भएको हो। योसँगै बैंकका ग्राहकहरुले रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
हिमालय दृश्य रिसोर्टसँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
15
Shares

प्रतिक्रिया