निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले राजीनामा दिएका छन्।
दुई वर्षअघि उक्त जिम्मेवारी सम्हालेका जाब्बोर एनसेलबाट बाहिरिएका हुन्।
उनी २०८० वैशाख २७ देखि सीईओ तथा प्रबन्धसञ्चालक नियुक्त भएका थिए।
जाब्बोर बाहिरिएसँगै कम्पनीले सइद एमडी एनामुल कबिरलाई कायममुकायम सीईओको जिम्मेवारी दिइएको छ।
कामु बनेका एनामुलले महत्त्वपूर्ण जिम्मेवारहरुमा नेतृत्व गरेको एनसेलले जनाएको छ। एनसेल आउनुअघि उनले बंगलादेशमा यूसीबी फिनटेक कम्पनीमा उपप्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्त अधिकृतको रुपमा काम गरेका थिए।
उनले बंगलादेशकै टेलिनर ग्रुपमा वरिष्ठ वित्त अधिकारीको रुपमा समेत काम गरेका थिए। उनले अन्य धेरै कम्पनीमा जोडिएर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको एनसेलले जनाएको छ।
उनी चार्टर्ड एकाउन्टेन्ट हुन्। बेलायतको युनिभर्सिटी अफ एडिनबर्ग स्कुलबाट उनले एमबीए गरेका छन्।
Shares

प्रतिक्रिया