कारोबार


स्मार्टच्वाइस टेक्नोलोजी र एभरेस्ट बैंकबीच सेवा सञ्चालन सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजी र एभरेस्ट बैंकबीच सेवा सञ्चालन सम्झौता

नेपालखबर
पुस १८, २०८१ बिहिबार १४:२२, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एभरेस्ट बैंक लिमिटेडबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

सम्झौतापश्चात् एभरेस्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने बैंकले जनाएको छ।

विगत दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्गलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) लि.ले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो। 

यस सेवामार्फत बैंक वित्तीय संस्थालगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठूला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad