ad ad

कारोबार


इसेवाले ल्यायो विशेष सेवा : व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न मिल्ने

इसेवाले ल्यायो विशेष सेवा : व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न मिल्ने

नेपालखबर
भदौ १२, २०८१ बुधबार १२:३०, काठमाडौँ

डिजिटल वालेट इसेवाले आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा ल्याएको छ।

अब इसेवासँग आबद्ध मर्चेन्टहरुले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने भएका हुन्।

कम्पनीका अनुसार पहिले नेपालका व्यवसायीहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टाछुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो।

इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक इसेवा व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ। यसबाट प्रयोगकर्ता/मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन्।

भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआर मार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्ने कम्पनीले जनाएको छ।

त्यसका साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ। यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिनेछ।

इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने बताए। इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले आगामी दिनहरुमा पनि यस्तै विभिन्न सेवाहरू भित्र्याउने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .