ad ad

कारोबार


भिसा इन्टरनेशनलसँगको सहकार्यमा प्रभु बैंकले थाल्यो भिसा डाइरेक्ट सेवा

भिसा इन्टरनेशनलसँगको सहकार्यमा प्रभु बैंकले थाल्यो भिसा डाइरेक्ट सेवा

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १३:५२, काठमाडौँ

प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ। 

यस सेवामार्फत विदेशबाट यस बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई विना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ ।  
यस सेवाअन्तर्गत भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएममार्फत यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेविट कार्डका सम्पूर्ण ग्राहकहरुले अधिकतम लाभ लिनुुहुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .