कारोबार


सोप्याङ खोला पुलनजिकै भासियो सडक, पृथ्वी राजमार्गको नागढुंगा–गल्छी खण्ड अवरुद्ध

सोप्याङ खोला पुलनजिकै भासियो सडक, पृथ्वी राजमार्गको नागढुंगा–गल्छी खण्ड अवरुद्ध

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १२:१२, काठमाडौँ

पृथ्वी राजमार्गको नागढुंगा–गल्छी सडकखण्ड अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धार्केस्थित सोप्याङ खोला पुल नजिकै सडक भासिएको हो। 

थाक्रे गाउँपालिका ७ स्थित सोप्याङ खोलामा नयाँ पुल निर्माणको लागि माटो सफा गर्ने क्रममा पुलको अगाडिपट्टि सडक भासिन पुगेको प्रहरीले जनाएको छ। यसको मर्मत कार्य भइरहे पनि अहिले सडक दुईतर्फ बन्द रहेको छ। 

मुग्लिङ हुँदै उपत्यका आउने सवारीसाधनलाई प्रहरीले गल्छी–नुवाकोट हुँदै काठमाडौं जान सुझाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad