ad ad

कारोबार


सेयरबजारको ४/१२ को नीति र एलसीमा नगद मार्जिन नीति यथावत्

सेयरबजारको ४/१२ को नीति र एलसीमा नगद मार्जिन नीति यथावत्

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १२:३६, काठमाडौँ

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले सेयरबजारमा एउटा बैंकमा सेयर धितोमा लिन पाउने ४ करोड र समग्रमा जम्मा १२ करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्थालाई यथावत् राखेको छ। 

आज सार्वजनिक भएको मौद्रिक समिक्षाले सो नीतिलाई निरन्तर दिएको हो। पछिल्लो समय नेप्से परिसूचक घटिरहनुमा पनि यही नीति कारण रहेको भन्दै लगानीकर्ताहरुले विरोध गर्दै आएका छन्। 

विभिन्न ४७ प्रमुख शीर्षकअन्तर्गतका हार्मोनिक कोड भएका वस्तुहरुको आयातको लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने गरी कार्यान्वयनमा ल्याएको व्यवस्थालाई समेत मौद्रिक समीक्षाले यथावत् राखेको छ।  

तातोपानी भन्सार विन्दुमार्फत हुने आयात कारोबारको सम्बन्धमा अधिकतम अमेरिकी डलर ३ हजारसम्मको सामान आयातको लागि नगद विदेशी मुद्रा उपलब्ध गराउन सकिने विद्यमान व्यवस्थालाई हटाइएको छ।

वाणिज्य बैंकले तोकिएका शर्तहरू पालना हुने गरी परिवर्त्य विदेशी मुद्रामा बचत निक्षेप संकलन तथा परिचालन गर्न सञ्चालित खातामा कायम हुनुपर्ने विद्यमान न्यूनतम मौज्दात परिवर्तन गरी अमेरिकी डलर एक हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। 

यी व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .