कारोबार


घरजग्गामा आकर्षण घटेपछि बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको राष्ट्र बैंकको ठहर

घरजग्गामा आकर्षण घटेपछि बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको राष्ट्र बैंकको ठहर

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १७:५६, काठमाडौँ

घरजग्गामा आकर्षण घट्न थालेपछि त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा परेको छ। 

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०२३÷२४ को वार्षिक सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति बढ्नुमा घरजग्गा कारोबार प्रमुख रहेको औँल्याएको हो।

प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा बढ्नुमा उपभोग्य क्षमता कमजोर भई माग घट्नु, अर्थतन्त्र सुस्त हुनु, निर्माण क्षेत्र सुस्त रहनु र कर्जा प्रवाहको उद्देश्यअनुसार कर्जाको उपयोग नहुनु प्रमुख कारण मानेको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ४.९९ प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad