ad ad

कारोबार


निफ्राबाट बाहिरियो एनआईसी एसिया बैंक, १० लाख कित्ता सेयर बिक्रीमा

निफ्राबाट बाहिरियो एनआईसी एसिया बैंक, १० लाख कित्ता सेयर बिक्रीमा

नेपालखबर
साउन ८, २०८१ मंगलबार ११:४९, काठमाडौँ

नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बाट एनआईसी एसिया बैंकले आफ्नो लगानी झिक्ने भएको छ।

बैंकको स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। 

निफ्राले उक्त सेयर प्रतिकित्ता १०१ रुपैयाँका दरले बिक्रीमा राखेको हो। संस्थागत सेयरधनीलाई मात्र नभएर कम्पनीले सर्वसाधारण, संघ/संस्थाहरुलाई समेत खरिदका लागि आवेदन दिन मिल्ने गरी बिक्रीमा राखिएको हो। 

निफ्राका लागि धितो प्रबन्धक एनआईसी एसिया क्यापिटलले आजदेखि साउन १५ गतेसम्म आवेदन दिनुपर्ने उल्लेख गरेको छ।

इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०१ रुपैयाँका दरले थोरैमा ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .