ad ad

कारोबार


राष्ट्रिय वाणिज्यका ३४ ऋणीलाई ३५ दिनभित्र ऋण तिर्ने ‘अल्टिमेटम’

सम्पर्कमा नआए कालोसूचीमा राखिने
राष्ट्रिय वाणिज्यका ३४ ऋणीलाई ३५ दिनभित्र ऋण तिर्ने ‘अल्टिमेटम’

नेपालखबर
जेठ २३, २०८१ बुधबार १७:३, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शाखाबाट ऋण लिएर नतिर्ने ३४ ऋणीको नाम सार्वजनिक गरेको छ। 

बुधबार सार्वजनिक सूचना जारी गर्दै बैंकले ऋणीलाई ३५ दिनभित्र सम्पर्कमा आएर ऋण तिर्ने समय दिएको हो। 

बैंकले देशैभरका आठ शाखा कार्यालयका ऋणीलाई ऋण तिर्ने अन्तिम ‘अल्टिमेटम’ दिएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह भएको कर्जा उठाउन सकस भइरहेको बेला वाणिज्य बैंकले ऋणीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको हो। 

आर्थिक सुस्तताका बीच ऋण तिर्न नआउने ऋणीको संख्या बढ्दै गएपछि बैंकहरु कर्जा ‘ट्रयाप’मा परेका हुन्। वाणिज्य बैंकले पनि बुधबार ३५ ऋणीको नाम र जमानतकर्ताको नाम सार्वजनिक गर्दै ३५ दिनभित्र ऋण तिर्ने गरी कार्यालयमा उपस्थित हुन भनेको छ।  

बैंकले दिएको समयसीमामा अनुपस्थित हुने ऋणीलाई बैंकले कर्जा सूचना केन्द्रलाई कालोसूचीमा राख्न सिफारिस गर्नेछ। कालोसूचीमा राखेपछि पनि ऋण नतिर्ने ऋणीको हकमा भने धितोबापतको चल÷अचल सम्पत्ति लिलामी गरेर बैंकले ऋण असुल गर्नेछ। 

यी हुन् बैंकको ऋण तिर्न नआउने ऋणी 
बैंकले मिचैर्या शाखा कार्यलयका सुरज इलेक्ट्रिकल, लालबाबु भाँडा वर्तन पसल, पोखराको महेन्द्रपुल शाखाका योगेन सप्लायर्स, कावासोतीको सहिसा इम्पेरियम, नेपालगञ्जको भुजु स्टोर्स, सारङ बाख्रा पालन फार्म, खान इँटा उद्योग, होटल द्रव्य कुटिर, पञ्चशिदा कृषि एण्ड लाइभ स्टक फार्मलगायतका नामको ऋण चुक्ता गर्न निर्देशन दिएको छ। 

यस्तै बैंकले नुवाकोट खरानीटारको न्यु पेटपुजा नेवारी खाजा घर, लक्ष्मी श्रेष्ठ, वीर बहादुर तामाङ, ठूलीमाया तामाङ, भूमेस्थान बाख्रा पालन फर्म, सन्च बहादुर तामाङको नाम सार्वजनिक गरेको छ।

सिन्धुली शाखाबाट भने प्रकाश बराल र नवलपरासीको त्रिवेणीबाट बल्लु ट्रेडर्स, मीना बढइ, सुगम सः मिल, मंगला मदिरा पसल, हेमकला कमिनी, ओम वेवास फर्निचर तथा टोकरी उद्योगलाई ऋण तिर्ने अल्टिमेटम दिएको हो। 

बैंकले गोरखाको शाखाबाट भने प्रेममाया गुरुङ, टोकमाया गुरुङ, लेकाली पशुपाल, अर्पण कृषि तथा पशुपक्षी फर्म, सगरमाथा कुखुरा पालन, दिनकुमारी सुना, सिद्धान्त शिखा किराना पसल, रिजन किराना पसल, सुगम किराना पसल, रत्नमान गुरुङ प्रदिप घले, कुमारी नेपाली र शंकर अधिकारीको नाम सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .