ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि सर्टलिस्टमा ५ जना, कोको?

राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि सर्टलिस्टमा ५ जना, कोको?

नेपालखबर
जेठ ७, २०८१ सोमबार १४:२८, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति सिफारिस उपसमितिले ५ जनालाई सर्टलिस्टमा राखेको छ। 

सर्टलिस्टमा पर्नेमा कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन्। 

गत वैशाख ७ मा बैंकको सीईओको लागि प्रकाशित सूचनाअनुसार दरखास्त दिएकामध्ये यी ५ जनाले शैक्षिक योग्यता, कार्यानुभव व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गरेका थिए। 

उनीहरू २० जना आवेदकमध्येबाट छानिएका छन्।

अब उक्त उपसमितिले ५ जनाको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिनेछ। प्रस्तुतीकरण तथा अन्तर्वार्ता यही जेठ ९ गते बैंकको केन्द्रीय कार्यालय सिंहदरबारमा हुने बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .