कारोबार


वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३ प्रतिशत माथि, कुनको कति?

वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३ प्रतिशत माथि, कुनको कति?

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १४:२३, काठमाडौँ

आर्थिक वर्ष २०७९/०८० को चैत मसान्त अर्थात् तेस्रो त्रैमासिकमा वाणिज्य बैंकको खराब कर्जा बढेर ३ प्रतिशत नाघेको छ। 

नाफामा सामान्य सुधार देखिएको यो अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा भने ३.०३ प्रतिशत माथि पुगेको हो।

चालू आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिको वाणिज्य बैंकहरूले ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। 

वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दा कर्जा व्यवस्थापन (प्रोभिजन) समेत बढेको हो। 

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत माथि हुँदा त्यसलाई जोखिमयुक्त मानिन्छ। 

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थाको प्रोभिजन बढेर लगानी क्षमता घट्ने गर्छ। 

तसर्थ बैंकको खराब जति थोरै हुन्छ त्यति राम्रो मानिन्छ। साथै बैंक तथा वित्तीय संस्थाको लगानी क्षमता बढी हुन्छ।

कुन बैंकको खराब कर्जा कति? 
चालू आवको तेस्रो त्रैमासिकमा सञ्चालनमा रहेको सबै वाणिज्य बैंकको खराब कर्जा बढेको छ। 

कृषि विकास बैंकको खराब कर्जा सबैभन्दा उच्च छ। बैंकको खराब कर्जा ४.३५ प्रतिशत छ। गत वर्ष सोही अवधिमा कृषि विकास बैंकको खराब कर्जा २.२३ प्रतिशत थियो। चालू आवको दोस्रो त्रैमासिकको तुलनामा भने कृषि विकास बैंकको खराब कर्जा बढेको छ। 

त्यसैगरी हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत र नेपाल बैंकको ४.१६ प्रतिशत पुगेको छ। 

१० वाणिज्य बैंकको खराब कर्जा ३ प्रतिशत माथि 
नबिल बैंकको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ। त्यसैगरी कुमारी बैंकको ३.९७ प्रतिशत, सिद्धार्थ बैंकको ३.९५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ३.०६ प्रतिशत, सिटिजन्स बैंकको ३.९८ प्रतिशत पुगेको छ। 

त्यस्तै, सनराइज बैंकको ३.६२ प्रतिशत, प्रभु बैंकको ३.४८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.९४ प्रतिशत, ग्लोबल आईएमई बैंकको ३.९६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.८८ प्रतिशत रहेको छ। 

खराब कर्जा न्यून भएका वाणिज्य बैंक 
विदेशी लगानी रहेका वाणिज्य बैंकहरूको खराब कर्जा १ प्रतिशत तल देखिएको छ। सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरूमध्ये एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा न्यून ०.७० प्रतिशत छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.९० प्रतिशत, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकको ०.९७ प्रतिशत, एनआईसी एसिया बैंकको ०.८५ प्रतिशत छ। 

त्यस्तै चार वाणिज्य बैंकको खराब कर्जा दुई प्रतिशत बढी र ३ प्रतिशत तल छ। चैत मसान्तमा एनएमबि बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र सानिमा बैंकको खराब कर्जा २.२७ प्रतिशत छ।

यता पुस मसान्तमा ४.५२ प्रतिशत रहेको कृषि विकास बैंकको खराब कर्जा तेस्रो त्रैमासिकमा सुधार भई ४.३५ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .