कारोबार


६ विकास बैंकको लाभांश प्रभावित, ४ वटा लगानी गर्न नसक्ने अवस्थामा

६ विकास बैंकको लाभांश प्रभावित, ४ वटा लगानी गर्न नसक्ने अवस्थामा

केशर बोगटी
बैशाख २, २०८० शनिबार १२:१९, काठमाडौँ

चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा आधा दर्जन विकास बैंकको प्राथमिक पुँजी अनुपात (सीसीएआर) १० प्रतिशत कम देखिएको छ। 

यसले उनीहरुको लाभांश वितरण प्रभावित हुने देखिएको हो। नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार पुस मसान्तमा ६ विकास बैंकको सीसीएआर १० प्रतिशत कम छ। 

चालू आवको दोस्रो त्रैमासिकमा मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट र कर्णाली डेभलपमेन्ट बैंकको सीसीएआर १० प्रतिशत कम छ। 

नेपाल राष्ट्र बैंकले सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ। पुँजी कोषलाई राष्ट्र बैंकले (सीसीएआर) र पूरक पुँजीलाई (सीएआर)लाई गणना गर्ने व्यवस्था छ। 

पुँजी कोषलाई राष्ट्र बैंकले प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर)लाई गणना गर्ने व्यवस्था छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूले ६ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी १० प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ, जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो। 

सोही व्यवस्थाअनुसार सीसीएआर र सीएआर गरी १० प्रतिशत नपुगे नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै आएको छ। 

यी आधा दर्जन विकास बैंकको लाभांश प्रभावित हुने 
चालू आवको दोस्रो त्रैमासिकमा मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट र कर्णाली डेभलपमेन्ट बैंकका लाभांश प्रभावित हुने देखिएको छ। 

पुससम्ममा मुक्तिनाथ विकास बैंकको सीसीएआर ८.४४ प्रतिशत रहेको छ। पहिलो त्रैमासिकमा बैंकको सीसीएआर ८.७२ प्रतिशत थियो। पहिलो त्रैमासिकको तुलनामा बैंकको सीसीएआर घटेको देखिन्छ। 

साथै सीसीएआर टाइट हुने बैंकलाई कर्जा लगानी क्षमता कम रहेको बुझिन्छ। 

त्यसैगरी ज्योति विकास बैंकले सीसीएआर ८.७३ प्रतिशत रहेको छ। पहिलो त्रैमासिकमा बैंकको सीसीएआर ९.१८ प्रतिशत थियो। पहिलो त्रैमासिकको तुलनामा ज्योति विकास बैंकका प्राथमिक पुँजी कोष घटेको छ। 

गरिमा विकास बैंकको सीसीएआर १० प्रतिशत कम छ। पुस मसान्तमा बैंकको सीसीएआर ९.८० प्रतिशत छ। 

साथै, कर्णाली डेभलपमेन्ट बैंकको सीसीएआर ९.९८ प्रतिशत रहेको छ। पहिलो त्रैमासिकमा बैंकको सीसीएआर १०.६५ प्रतिशत थियो। 

सांग्रिला डेभलपमेन्ट बैंकको सीसीएआर ८.८७ प्रतिशत छ। असोजमा बैंकको सीसीएआर ८.८२ थियो। पहिलो त्रैमासिकको तुलनामा बैंकको सीसीएआर सुधार हुँदै गएको छ। यता लुम्बिनी विकास बैंकको सीसीएआर ९.५० प्रतिशत छ। असोजमा बैंकको सीसीएआर ९.६८ प्रतिशत थियो। 

कुन विकास बैंकको सीसीएआर कति? 
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कर्पोरेट डेभलपमेन्ट बैंकको प्राथमिक पुँजी कोष ६० प्रतिशतमाथि देखिएको छ।

पुस मसान्तसम्ममा बैंकको सीसीएआर ६१.९७ प्रतिशत रहेको छ। त्यसैगरी महालक्ष्मी विकास बैंकको सीसीएआर १०.०५ प्रतिशत, शाइन रेसुंगाको १२.११ प्रतिशत, कामना सेवाको १०.९० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत, एक्सेल डेभलपमेन्टको ११.८९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको सीसीएआर २४.५४ प्रतिशत, सिन्धु विकास बैंकको १०.११ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको २०.०६ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकले १४.८१ प्रतिशत र सालपा विकास बैंकको सीसीएआर ३३.२३ प्रतिशत रहेको छ। 

४ विकास बैंक कर्जा लगानी गर्न नसक्ने अवस्थामा 
चालू आवको दोस्रो त्रैमासिकमा सप्तकोशी, सालपा विकास बैंक, नारायणी र कर्पोरेट डेभलपमेन्ट बैंक कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन्। यी चार बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत माथि रहेको छ। 

कर्णाली डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कर्जा लगानी क्षमता देखिएको छ। पुस मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७० प्रतिशत हुँदा बैंकसँगै कर्जा लगानी क्षमता उच्च छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .