ad ad

कारोबार


राष्ट्रिय वाणिज्यबाहेक सबै बैंकको खराब कर्जा बढ्यो, कुनको कति? (विवरण)

राष्ट्रिय वाणिज्यबाहेक सबै बैंकको खराब कर्जा बढ्यो, कुनको कति? (विवरण)

नेपालखबर
माघ ९, २०७९ सोमबार १४:२५, काठमाडौँ

आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिकसम्म राष्ट्रिय वाणिज्य बैंकबाहेकका अन्य सबै बैंकको खराब कर्जा बढेको छ। 

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा धेरैको निष्क्रिय कर्जा उच्च दरले बढेको हो।

पुस मसान्तसम्ममा वाणिज्य बैंकको औसत खराब कर्जा १.१८६ प्रतिशत पुगेको छ। 

२०७८ पुस मसान्तसम्म कुल कर्जामा बैंकहरूको औसत निष्क्रिय कर्जा १.०५ प्रतिशत रहेकोमा २०७९ पुस मसान्तसम्म १.८८६ प्रतिशत पुगेको छ। 

ऋणीले सावाँ, ब्याज समयमै नतिर्दा बैंकहरूको कमसल तथा खराब कर्जा बढेको छ। 

खराब कर्जालाई निष्क्रिय कर्जा (एनपीएल) भन्ने गरिन्छ। पुस मसान्तसम्म १९ बैंकको निष्क्रिय कर्जा बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको घटेको छ। 

निष्क्रिय कर्जालाई पनि अवधिअनुसार तीन किसिमले वर्गीकरण गरिएको छ। जसअन्तर्गत कमसल, शंकास्पद र खराब कर्जा पर्छन्। भाखा नाघेको ३ महिनादेखि ६ महिनासम्म नतिरेको सावाँ तथा ब्याजलाई कमसल, ६ महिनादेखि १ वर्ष पुगेमा शंकास्पद र १ वर्ष नाघेमा खराब कर्जा भन्ने गरिएको छ।

निष्क्रिय कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले भाखा नाघेको अवधिअनुसार नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ। यदि भाखा नाघेको १ वर्ष पूरा भएमा अर्थात् खराब कर्जा भइसकेको अवस्थामा कर्जाको शतप्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ। 

समीक्षा अवधिमा हिमालय बैंकको खराब कर्जा सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढेको छ। त्यसैगरी सबैभन्दा कम एनआईसी एसिया बैंकको सबैभन्दा कम ०.१४ प्रतिशतले बढेको छ। 

पुस मसान्तसम्म कृषि विकास बैंकको खराब कर्जा सबैभन्दा बढी ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यसै अवधिमा बैंकको खराब कर्जा २.०८ प्रतिशत थियो। 

खराब कर्जा ५ प्रतिशत पुगेको अवस्थामा बैंकलाई जोखिमयुक्त मानिन्छ। पुस मसान्तमा कृषि विकास बैंकको खराब कर्जा साढे ४ प्रतिशत नाघेको छ। त्यसैगरी प्राइम कमर्सियल बैंकको २.८१ प्रतिशत, नेपाल बैंकको ३.११ प्रतिशत, सनराइजको ३.३६ प्रतिशत खराब कर्जा पुगेको छ।  

ऋणीले समयमै बैंकलाई तिर्नुपर्ने साँवा तथा ब्याज रकम नतिर्नेहरू बढेको पनि जनाउँछ।

कुल कर्जामा कुन बैंकको निष्क्रिय कर्जा कति ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .