ad ad

कारोबार


ओलीलाई राष्ट्र बैंकको जवाफ– पछिल्लो छपाइका सबै सिक्कामा चुच्चे नक्सा छ

ओलीलाई राष्ट्र बैंकको जवाफ– पछिल्लो छपाइका सबै सिक्कामा चुच्चे नक्सा छ

नेपालखबर
भदौ १३, २०७९ सोमबार १३:२९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले पछिल्लो छपाइका सबै सिक्काहरुमा चुच्चे नक्सा रहेको जानकारी दिएको छ। 

गत वर्ष मंसिर पुसदेखि बजारमा आएका पछिल्लो छपाइका सिक्काहरुमा चुच्चे नक्सा रहेको राष्ट्र बैंकले बताएको हो। 

त्यही समयका केही सिक्काहरु अझै बजारमा आउने क्रममा छन्। ती सबै सिक्काहरुमा नेपालको पछिल्लोपटक सार्वजनिक गरिएको नक्सा नै रहेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशक अमित दाहालले नेपालखबरसँग कुरा गर्दै चुच्ने नक्सा नै रहेको जानकारी दिए। 

उनले भने, ‘सिक्का आफैँमा सानो हुन्छ, नक्साको चुच्चो पनि सानो आकारको हुने भएकोले झट्ट नदेखिन सक्छ। तर चुच्चे नक्सा नै राखिएको छ। पछिल्लोपटक निकालिएको सिक्कामा चुच्ने नक्सा नै छ। त्यसमा दुविधा छैन।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सिक्काबाट चुच्चे नक्सा हटाइएको आरोप लगाएका थिए। 

रवीन्द्र मिश्रसँगको आइतबार भएको भेटमा ओलीले चुच्ने नक्सा भएको सिक्का उपहार दिएका थिए। सोही क्रममा उनले पछिल्लो समय चुच्ने नक्सा नराखिएको आरोप लगाएका थिए।  

पूर्वप्रधानमन्त्री ओलीले चुुच्चे नक्सा अंकित सिक्का अहिले राष्ट्र बैंकले छाप्न छाडेको पनि बताउने गरेका छन्। देउवा नेतृत्वको सरकारले राष्ट्र बैंकलाई दबाब दिएर चुच्चे नक्सा अंकित नक्सा छाप्न रोक लगाएको ओलीको आरोप छ।

आफ्नो पालामा राष्ट्र बैंकले जारी गरेका चुच्चे नक्सा अंकित सिक्काहरुको प्रचार गर्ने र अहिलेको सरकारले यसमाथि रोक लगाएको आरोप लगाउँदै आफ्नो उपलब्धि देखाउन ओलीले मिश्रलाई यी सिक्काहरु दिएको देखिन्छ।

तर ओलीको आरोपको राष्ट्र बैंकले दिएको जानकारीअनुसार स्वतः खण्डन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .