ad ad

कारोबार


भदौमा ब्याजदर नबढाउने बैंकहरूको निर्णय

भदौमा ब्याजदर नबढाउने बैंकहरूको निर्णय

नेपालखबर
साउन ३०, २०७९ सोमबार १३:२७, काठमाडौँ

भदौ महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका छन्। 

वाणिज्य बैंकहरुका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गरेको हो। फागुन महिनादेखि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन्।

निक्षेपमा अधिकतम ब्याजदर ११ दशमलव ०३ प्रतिशत नै कायम हुनेछ। संस्थागत ब्याजदर भने ९ दशमलव ०३ प्रतिशत हुनेछ। 

रेमिट्यान्स खातामा भने बैंकहरुले अधिकतम ब्याजदरको १ प्रतिशत बढी दिन पाउने व्यवस्था छ। यसअनुसार १२ दशमलव ०३ प्रतिशत ब्याजदर ग्राहकले पाउनेछन्।

नयाँ महिना सुरु हुनुअघि नै बैंकहरुले ब्याजदरको जानकारी गराउनुपर्ने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थाहरुमा अघिल्लो हप्ता ४६ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह देखिएकोमा गत हप्ता ४६ खर्ब ९६ अर्ब पुगेको हो। 

ऋण प्रवाह बढ्दा यता बैंकहरुको निक्षेप भने घटेको छ। बैंक तथा वित्तीय संस्थामा अघिल्लो हप्ता ५० अर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा गत हप्तासम्ममा ५० खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ। 

त्यसमा वाणिज्य बैंकहरुको ४४ अर्ब १९ करोड र विकास बैंक फाइनान्स कम्पनी र लघुवित्त संस्थाको गरी ५ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .