बीमा कम्पनीहरुले १ वर्षमा १ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गरेका छन्।
बीमालेखमार्फत जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १६ दशमलव ४८ प्रतिशतले बीमा शुल्क संकलन बढाएका हुन्।
बीमा समितिका अनुसार अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रुपैयाँ संकलन गरेका थिए। जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष १ खब ३८ अर्ब रुपैयाँ संकलन गरेका छन्।
त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले भने ३९ अर्ब १६ करोड रुपैयाँ संकलन गरेको देखिएको छ। जीवन बीमालेख संख्या ५२ दशमलव ०९ प्रतिशत र निर्जीवन बीमालेख संख्या २ दशमलव ०९ प्रतिशत बढेको देखिएको छ।
27
Shares
प्रतिक्रिया