ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १२:८, काठमाडौँ

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमासिकसम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ। 

बैंकले यस अवधिमा ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत आ.व.को सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो। 

आ.व. २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ६७ करोड (गत वर्ष ८ अर्ब २४ करोड), कुल सञ्चालन आम्दानी ११ अर्ब २७ करोड (गत वर्ष ९ अर्ब ७६ करोड), सञ्चालन नाफा ७ अर्ब १ करोड (गत वर्ष ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी ३ अर्ब ८ करोड (गत वर्ष ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड  रहेको छ। 

२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ। आ.व. २०७८/०७९ मा बैैंंकको सेयरधनी कोष ४ अर्ब ८१ करोडले वृद्धि भई ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति १९ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब २९ अर्ब पुगेको छ।

२०७९ असार मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागत दर ६.०१ प्रतिशत तथा प्रतिसेयर आम्दानी ३४.९० रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको छ।

आ.व.२०७८/७९ को चौथो त्रैमासिकसम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, सेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .