ad ad

कारोबार


प्राइम कमर्सियल बैंकले ल्यायो राखेको पैसा १० गुणासम्म बढ्ने मुद्दती खाता

प्राइम कमर्सियल बैंकले ल्यायो राखेको पैसा १० गुणासम्म बढ्ने मुद्दती खाता

नेपालखबर
साउन १६, २०७९ सोमबार १७:५६, काठमाडौँ

प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ। 

बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो।  

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षित गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। 

बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन      (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइनेछ । 

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) का निक्षेपकर्ताहरुले १८ घातक रोगका विरुद्ध बीमा (१० लाख), दुर्घटना बीमा (१० लाख) तथा स्वास्थ्य बीमा (१ लाख सम्म) प्राप्त गर्न सक्नेछन भने आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुबिधा प्राप्त गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .