एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्ष बैंकले आफ्नो नाफामा छलाङ मारेको हो। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ४३ दशमलव ७७ प्रतिशत नाफा कमाएको हो।
भारतको पञ्जाब बैंक र नेपाली लगानीकर्ताहरुको संयुक्त लगानी रहेको यस बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ छ।
बैंकको वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड रुपैयाँ छ।
गत आर्थिक वर्षमा बैंकले १ खर्ब १७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यसबाट बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिएको हो। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०७ पैसा छ।
गत असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ० दशमलव ५९ प्रतिशत रहेको देखिएको छ।
Shares
प्रतिक्रिया