ad ad

कारोबार


स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब २६ करोड

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब २६ करोड

नेपालखबर
साउन ११, २०७९ बुधबार १५:२०, काठमाडौँ

गत आर्थिक वर्षमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा खुद नाफा २ अर्ब २६ करोड रुपैयाँ कमाएको छ। 

अघिल्लो वर्षको तुलनामा बैंकले आफ्ना नाफामा छलाङ मारेको छ। बैंकले ६२ दशमलव २७ प्रतिशतले नाफा वृद्धि गरेको हो। 

बैंकको वित्तीय विवरणअनुसार १ अर्ब ५९ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। न्यूनतम चुक्त पुँजी मात्रै रहेको यस बैंकले गत आर्थिक वर्षमा राम्रो नाफा आजर्न गर्न सफल देखिएको छ। 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ। यस बैंकको  चुक्तापुँजी ८ अर्ब ५७ करोड रुपैयाँ  रहेको छ। नाफाबाट बैंकले सेयरधनीलाई १८ दशमलव ५९ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ। 

गत आर्थिक वर्षमा बैंकले ९३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

बैंकले ३ अर्ब ७५ करोड रुपौयँ खुद ब्याज आम्दानी गरेको वित्तीय विवरणले देखाएको छ।  

बैंकको खराब कर्जा अनुपात ० दशमलव ५९ प्रतिशत र  बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०७ पैसा रहेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .