नेपाल इभेष्टमेन्ट बैंकको नाफा झण्डै १५ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको खुद नाफामा बैंकले १४ दशमलव ८३ प्रतिशले वृद्धि गरेको देखिएको हो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ३ करोड रुपैयाँ देखिएको छ। १८ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले ११ दशमलव १३ प्रतिशत लाभांश वितरणको क्षमता कायम गरेको छ।
गत आर्थिक वर्षमा बैंकले १ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। ५ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षमा बैंकले ९ अर्ब ८७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलव ४७ प्रतिशत र बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा रहेको वित्तिय विवरणले देखाएको हो।
Shares
प्रतिक्रिया