ad ad

कारोबार


समग्र वाणिज्य बैंकको नाफाको औसत वृद्धिदर १ प्रतिशत हुँदा एनआईसीको वृद्धि ३९ प्रतिशत

समग्र वाणिज्य बैंकको नाफाको औसत वृद्धिदर १ प्रतिशत हुँदा एनआईसीको वृद्धि ३९ प्रतिशत

नेपालखबर
साउन ११, २०७९ बुधबार १३:४२, काठमाडौँ

आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय नतिजामा एनआईसी एसिया बैंकले ३९ प्रतिशतको खुद नाफामा वृद्धि हासिल गरेको छ। 

चौथो त्रैमासिकमा बैंकले ४ अर्ब ५३ करोड खुद नाफा आर्जन गरेको छ। आर्थिक वर्ष यस्तो नाफा २०७७/०७८ मा ३ अर्ब २५ करोड रहेको थियो।

गत आव २०७८/७९ मा समग्र वाणिज्य बैंकहरुको औसत खुद नाफा वृद्धिदर मात्र १ प्रतिशतमा सीमित भएको छ। तर एनआईसी एसिया बैंकको भने ३९ प्रतिशत वृद्धि भएको देखिएको हो। 

बैंकिङ क्षेत्रको प्रतिकूल अवस्थामा समेत एनआईसी एसिया बैंकले हासिल गरेको आव २०७८/०७९ मा खुद नाफामा ३९ प्रतिशत वृद्धिदर साँच्चै चामत्कारिक रहेको बैंकले जनाएको छ। 

बैंक व्यवस्थापनमा अब्बल नेतृत्व तथा कुशल व्यवस्थापकीय टिमका कारण बैंकले यो नतिजा हासिल गरेको बैंकको भनाइ छ। कुनै पनि संस्थाको दीर्घकालीन उपलब्धिका लागि त्यस संस्थाको रणनीति तथा त्यसको कार्यान्वयन पक्ष समेत उत्कृष्ट हुनुपर्छ तब मात्र चामत्कारिक नतिजा हासिल गर्न सफल भइने कुरालाई आत्मसात् गर्दै एनआईसी एसिया बैंकको कुशल व्यवस्थापनले हर प्रयास गर्दै अगाडि बढिरहेको बैंकले दाबी गरेको हो। 

त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १९.६५ प्रतिशत पुगेको छ । जुन २६ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। कुनै पनि संस्थाले पुँजीको कुशल परिचालन र व्यवस्थापनले मात्रै स्व–पुँजीमा प्रतिफल तय हुने गर्दछ। त्यसैगरी एनआईसी एसिया बैंकको कुशल व्यवस्थापन टिमको निरन्तर मिहिनेत र परिश्रमले स्व–पुँजीमा प्रतिफलमा बैंकले चामत्कारिक नतिजा हासिल गरेको छ। 

बैंकले २०७८/७९ को चौथो त्रंैमासिकमा आर्जन गरेको ३९.१३ रुपैयाँ प्रतिसेयर आम्दानी मुलुकका समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। यो वृद्धिदर बैंकले हासिल गरेको आव २०७७/७८ को प्रतिसेयर आम्दानी भन्दा ३९ प्रतिशतले बढी हो।

बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री, तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवं सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने अठोट लिएको जनाएको छ। विराटनगरमा नेपाल इन्डष्ट्रियल एण्ड कमर्सियल (एनआईसी) बैंक लिमिटेड स्थापना हुँदा एउटा शाखा, १९ जना कर्मचारी, ८ करोड १२ लाख ५० हजार चुक्ता पुँजी रहेको यस बैंक २५ वर्षमा टेक्दै गर्दा ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा, ४५ सयभन्दा बढी कर्मचारी संख्यासहित देशको अग्रणी बैंक बन्न पुगेको छ।

बैंकले कर्जा असुलीमा समेत निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । त्यसैगरी बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टाइअर १ क्यापिटल एडिक्वेसी रेसियो ८.९३ प्रतिशत पु¥याई पुँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ। 

बैंकले आव २०७८/०७९ को चौथो त्रैमासिकसम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा गर्न सफल भएको छ।

स्थापनाको २५औँ वर्ष मनाउँदै गर्दा बैंकलाई अहिलेसम्म अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाई सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरूलगायत सम्पूर्णलाई प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले धन्यवाद दिएका छन्। 

बैंकले लिएका सही नीति, योजना, मर्जरको सही निर्णय र कार्यान्वयन, पञ्चवर्षीय योजना र सफल कार्यान्वयनलगायतका विभिन्न कारणले अन्ततः बैंक मुलुकको अग्रणी बैंक बन्नपुगेको उनको बुझाइ छ।

देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा ठोस टेवा पु¥याउनका लागि देशको जिम्मेवार कर्पोरेट नागरिकको हिसाबले आर्थिक वर्ष २०७८/७९ मा देशका अन्य वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंक एनआईसी एसिया हुन सफल भएको छ । स्थापनाकालदेखिको हिसाब हेर्ने हो भने यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । 

यसै त्रैमासिकसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .