ad ad

कारोबार


लक्ष्मी बैंकको नाफा १ अर्ब ६० करोड

लक्ष्मी बैंकको नाफा १ अर्ब ६० करोड

नेपालखबर
साउन ८, २०७९ आइतबार १४:७, काठमाडौँ

लक्ष्मी बैंक नाफा १ अर्ब ६० करोड ३५ लाख भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले आफ्नो खुद नाफा १ दशमलव ७६ प्रतिशतले बढाएको हो। 

अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको थियो। 

बैंकको वित्तीय विवरणअनुसार  खुद ब्याज आम्दानी १८ दशमलव २७ प्रतिशत बढेको छ। यसअनुसार ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ ब्याज आम्दानी देखिएको हो। 

गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २ दशमलव १७ प्रतिशतले बढाएर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ। 

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८ दशमलव १७ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ४० लाख २८ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ। 

वितरणयोग्य मुनाफा २५ दशमलव ०६ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ पुग्दा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ११ दशमलव १६ प्रतिशत घटेर ५ अर्ब ५० करोड ९० लाख ५ हजार रुपैयाँ रहेको देखिएको छ। 

निक्षेप संकलन गत आर्थिक वर्षमा१ खर्ब ३७ अर्ब १४ करोड ७३ लाख गरेको छ।  कर्जा१ खर्ब २८ अर्ब १२ लाख ६९ हजार रुपैयाँ प्रवाह गरेको देखिएको हो। बैंकको प्रतिसेयर आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसा रहेको देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .