ad ad

कारोबार


सानिमा बैंकको नाफा घट्यो

सानिमा बैंकको नाफा घट्यो

नेपालखबर
साउन ८, २०७९ आइतबार १४:५, काठमाडौँ

सानिमा बैंकको नाफा घटेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा १ दशमलव ०७ प्रतिशतले घटेको देखिएको हो। 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब २९ करोड २९ लाख रुपैयाँ नाफा गरेको देखिएको हो। 

बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ३५ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ७१ लख ९५ हजार रुपैयाँ आर्जन गरेको छ। 

गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १ दशमलव ७६ प्रतिशत घटेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।  

कुल सञ्चालन आम्दानी ५ दशमलव ५७ प्रतिशत बढेर ६ अर्ब १४ करोड १३ लाख ८ हजार रुपैयाँ पुगेको छ। त्यस्तै वितरणयोग्य नाफा १३ दशमलव०१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ। 

बैंकको चुक्ता पुँजी १७ प्रतिशत बढेर ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ भने  जगेडा कोष ५ अर्ब ७७ करोड ८० लाख ९६ हजार रुपैयाँ पुगेको छ। 

बैंकको निक्षेप १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार रुपैयाँ र कर्जा १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर २० रुपैयाँ २४ पैसा कायम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .