सनराइज बैंकको नाफा ४८ दशमलव ६९ प्रतिशतले बढेको छ।
सनराइज बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा २ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४४ करोड खुद नाफा कमाएको थियो।
बैंकले गत आर्थिक वर्षमा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।
सोही अवधिमा १ खर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको वित्तीय विवरणले देखाएको छ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको हो।
प्रतिसेयर आम्दानी अघिल्लो आर्थि वर्षमा आम्दानी ६ रुपैयाँ ०१ पैसार बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ।
60
Shares
प्रतिक्रिया