माछापुच्छ्रे बैंकको नाफा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ भएको छ।
बैंकको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको नाफा ३४ दशमलव ३४ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षको नाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।
बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ०७ पैसा पुगेको छ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड ३१ लाख रुपैयाँ छ। बैंकको वित्तीय विवरणअनुसार बैंकको सेयरधनी सञ्चित कोषमा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ पुगेको हो।
गत आर्थिक वर्षमा बैंकको निक्षेप एक खर्ब ३१ अर्ब ६१ करोड ८० लाखबाट १० दशमलव १९ प्रतिशतले वृद्धि भई एक खर्ब ४५ अर्ब २ करोड ६० लाख रुपैयाँ पुगेको छ।
बैंकको कर्जा लगानी एक खर्ब १३ अर्ब ५७ करोड २० बाट १३ दशमलव ०४ प्रतिशतले बढेर एक खर्ब २८ अर्ब ५६ करोड २३ लाख रुपैयाँ पुगेको देखिएको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ६७ प्रतिशतले वृद्धि भएर ५ अर्ब ७ करोड ७० लाख पुगेको छ। बैंकको निष्क्रिय कर्जा ० दशमलव ६२ प्रतिशतबाट बढेर ० दशमलव ८४ प्रतिशत पुगेको छ।
Shares
प्रतिक्रिया